काठमाडौं, १७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद अवरोध गरेर व्यवस्था नै ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठक कांग्रेसको अवरोधका कारण आगामी माघ २० गतेसम्मको लागि स्थगित् भएपछि पत्रकारसँगहरु संक्षिप्त कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘काँग्रेसले यो संसदीय व्यवस्था फ्लप पार्न खोज्यो, हामीलाई अब शंका लाग्न थालेको छ । पटक–पटक अवरोध गर्न खोज्नुको मतलव कतै संसदीय व्यवस्था फ्लप पार्न खोजेको त हैन ?’
