काठमाडौँ,१७ माघ । काठमाडौँको बौद्धस्थित महानगरीय प्रहरी वृत्तले बुधबार राति जोरपाटीको एक खाजा घरबाट रु ८० हजारसहित नौ जुवाडेलाई पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा वाङ्गेल लामाले सञ्चालन गरेको खाजा घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
