Site icon Tukinetwork.com

एकैदिन निगमका १० जहाज ग्राउन्डेड

काठमाडौं १६ माघ ।  नेपाल वायुसेवा निगमका १४ विमानमध्ये मंगलबार एकै दिन १० वटा ग्राउन्डेड हुन पुगे । निगमसँग आन्तरिक उडानका लागि साना/मझौला ९ वटा र अन्तर्राष्ट्रिय उडानका लागि ५ जेट विमान छन् ।

स्रोतका अनुसार निगममा यत्तिको संख्यामा विमान ‘ग्राउन्डेड’ भएको सम्भवत: पहिलो पटक हो । ‘यत्रो संख्यामा विमान ग्राउन्डेड भएको यसअघि कहिल्यै सुनिएको थिएन,’ निगमका एक पुराना प्राविधिकले भने । २२ वटा आन्तरिक उडान गर्ने निगमले मंगलबार एउटा मात्रै गर्‍यो । निगम प्रवक्ता नवराज कोइरालाका अनुसार सानो चिनियाँ विमान किलोभिक्टरले काठमाडौं–दाङ–काठमाडौं उडान गरेको हो ।

Exit mobile version