Site icon Tukinetwork.com

सरकार र स्थानीय जनताको साझेदारीमा १२ खानेपानी आयोजना

काठमाडौँ,१५ माघ । सरकार र स्थानीय जनताको साझेदारीमा १२ सहलगानी खानेपानी आयोजना सम्पन्न भएको छ । सरकारले नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार ति खानेपानी आयोजना निर्माण गरेको हो ।

आर्थिक वर्ष २०६९÷७० देखि थालिएको सहलगानी खानेपानी आयोजना ७० प्रतिशत सरकार र ३० प्रतिशत स्थानीय जनसमूदायको लगानीमा निर्माण गरिएको हो । यस्तै ३९ खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छन् । तीन वर्षमा ति आयोजना सम्पन्न गरिसक्नुपर्नेछ । खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत रहेको सहलगानी खानेपानी आयोजनाका प्रमुख प्रदीप मुडवरी १२ आयोजनाबाट तीन लाख २४ हजार व्यक्ति लाभान्वित भएको बताउनुहुन्छ ।

Exit mobile version