काठमाडौं, १५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पछिल्लो समय सुमधुर सम्बन्ध छैन । स्रोतका अनुसार भेनेजुएलामा उत्पन्न राजनीतिक संकटलाई लिएर प्रचण्डले आफूसँग सल्लाह नै नगरी अमेरिकाविरुद्ध विज्ञप्ती जारी गरेपछि त ओली झनै बिच्किएका छन् ।
प्रचण्डपनि ओलीविरुद्ध आफ्नो कदम अघि बढाउन व्यस्त छन् । सरकार जनतासामू अलोकप्रिय बन्दै गएकोले यसको फाईदा विस्तारै प्रचण्डले उठाउनेगरि ओलीविरुद्ध मोर्चाबन्दी कसेका छन् ।
