Site icon Tukinetwork.com

दोलखामा हिउँ खेल्न पर्यटकको घुइँचो

lxpFdf /dfpFb} afnaflnsf x’Dnf l;dsf]6sf afnaflnsf lxpFdf /dfpFb} . t:jL/M bfg] af]x/f, x’Dnf,/f;;

काठमाडौँ,१४ माघ । दोलखाको उच्च भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै हिउँ खेल्न आउने पर्यटकको घुइँचो लागेको छ ।
जिल्लाको पर्यटकीय क्षेत्र कालीञ्चोक, शैलुङ, खरिढुङ्गा, जिरी, च्योर्दुङ, खावालगायत उच्च भूभागमा बाक्लो हिमपात भएको छ । हिमपात पछि दोलखामा हिउँ खेल्नकै लागि दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जिल्ला आउने अधिकांश पर्यटकको पहिलो रोजाइ कालीञ्चोक परेको छ । पर्यटक प्रायः कालीञ्चोकको कुरी जाने, हिउँसँग रमाउने र केबुलकार चढ्ने उद्देश्यले दोलखा आउने गरेको पाइएको छ ।

राजधानीबाट नजिक रहेको दोलखामा शुक्रबार र शनिबार मात्र करीब १० हजार पर्यटक हिउँ खेल्न दोलखा आएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुन्दर कार्कीले बताउनुभयो । कालीञ्चोकको कुरीमा मात्र करीब तीन हजार पर्यटक राख्न सकिने होटल सञ्चालनमा छन् । ती सबै होटल एक सातासम्मका लागि बुकिङ भइसकेको होटल सुनपातीका सञ्चालक हरि ओलीले बताउनुभयो । “होटल सबै बुकिङ भए पनि बाक्लो हिमपातका कारण गाडी पाँच किमी तलबाटै कुरीसम्म पुग्न नसकेकोलो समस्या भएको उहाँले बताउनुभयो ।

Exit mobile version