Site icon Tukinetwork.com

सरकारको कामको प्रचार हुन सकेन: नेपाल

काठमाडौँ,१३ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताउनुभएको छ । तनहुँको आँबुखैरेनीमा आज आयोजित कार्यकर्ता भेटघाटमा उहाँले एकता प्रक्रियामा ढिलाइ हुँदा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले एकतालाई टुङ्गोमा पु¥याउन विलम्ब गर्न नहुनेमा जोड दिनुभयो ।

नेता नेपालले भन्नुभयो, “कम्युनिष्ट पार्टीको सरकार बनेदेखि नै सरकारले राम्रा काम गरेको छ, तल्लो तहसम्म पार्टी एकता प्रक्रिया नसकिएकाले सरकारका राम्रा कामको प्रचारप्रसार हुन सकिरहेको छैन ।” पार्टी सङ्गठन चुस्तदुरुस्त भए मात्रै सरकारका गतिविधिसमेत सफल हुने नेपालको भनाइ थियो ।

Exit mobile version