Site icon Tukinetwork.com

प्राचीन धार्मिक देवल ओझेलमा

काठमाडौँ,११ माघ । समुचित संरक्षण नपाएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा पर्न थालेका छन् ।जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित अजयमेरु गाउँपालिका–५ देवलदिव्यपुरका प्रसिद्ध देवलको समुचित संरक्षण र संवद्र्धन हुन नसकेपछि पुरातात्विक महत्वका यी ठाउँ ओझेलमा पर्न थालेका हुन् ।

जिल्लाकै प्रसिद्ध देवल मानिँदै आएका यी ठाउँको विकास र संरक्षणमा सरकार, सामाजिक सङ्घसंस्था र स्थानीय निकायले खासै चासो नदेखाउँदा खण्डहर बन्दै गएकामा जिल्लाका संस्कृतिविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

Exit mobile version