काठमाडौं, १० मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंको दरबारमार्गस्थित् तिर्सरा रेस्टुरेण्टमा डान्स गरेका छन्। शुक्रबार ज्वाँइ राजीव शाहीको जन्मदिनमा पूर्वराजा ज्ञानेन्द्र शाह आफन्तहरुसँग नाँचगानमा सहभागी भएका थिए ।
तर, उक्त समारोहमा पूर्व युवराज्ञी हिमानी शाह भने उपस्थित् भएकी थिईनन् । उनलाई शाहीले निम्तो नदिएको स्रोतको दाबी छ । आफूलाई निम्तो नदिएकोमा हिमानीको असन्तुष्टि रहेको छ ।
पूर्वराजा ज्ञानेन्द्रसँगै पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह, पूर्व युवराज पारस शाह र राजपरिवारका सदस्यहरुको उपस्थिति थियो। यसअघि पूर्वराजा शाह देशका विभिन्न मठमन्दिर र महायज्ञमा सहभागी हुनुका साथै धार्मिक स्थलको यात्रा समेत गरेका थिए।

