काठमाडौं! करोडौको गाडी चडने नेपालको नेता,प्रधानमन्त्री,राष्ट्रपतिलाई विस्वकै गरीब देशमा नेपालको नाम परेकोमा केहि मत्लब छैन तर गाडी अलिकती सस्तो परेकोमा भने निकै नै चिन्ता छ ।
बिश्वको धनी देशमा पर्ने देशका प्रधानमन्त्री साइकल चढेर पनि आफ्नो देशको निम्ती कैयौ काम गरेका छन तर हाम्रो जस्तो गरिब देश नेपालका नेताहरु सत्ताको दुरुपयोग गर्दै जनताले तिरेको करमा लुटतन्त्र मच्चाउछन्,मोजमस्ती गर्छन्। उनीहरुले मितव्ययिता अपनाएको फजुल खर्च रोकेको र जनताले तिरेको करको सम्मान् गरेको कहिकतै सुनिएको छैन। नेपालमा राजतन्त्र त सक्कियो तर अहिलेका नेता- र सत्तामा पुगेकाहरुले राज्यकोष दोहन गरेर गरिब देशलाई झन्- झन् गरिब बनाएका छन्।
कती जनाता गरीबिका कारण भोक्-भोकै मृत्युलाई अङगाली रहेका छन । यसम कुनै आपत्ती छैन ?

