Site icon Tukinetwork.com

नगरप्रमुख राणाले गरे आफूले पाउने तलबभत्ता समाजका लागि प्रदान

नेपालगञ्ज, ८ कात्तिक । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलशम्शेर राणाले आफूले पाउने तलबभत्ता सामाजिक कार्यका लागि प्रदान गर्नुभएको छ ।

उहाँले असोज महीनाको आफ्नो तलब, भत्ता रु ५० हजार नेपालगञ्ज–२ खानेपानी ट्याङ्की नजिकै रहेको बाल्मिकी समाज तथा मन्दिरलाई सहयोग गर्नुभएको हो ।

प्रमुख राणाले महर्षी बाल्मिकी जयन्तीका अवसरमा आज बाल्मिकी समाजका अध्यक्ष रामचन्द्र बाल्मिकीलाई सो रकम हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा प्रमुख राणाले आप्mनो कार्यकालभरि पाउने तलब, भत्ता आवश्यकताका आधारमा सामाजिक संस्थालाई दिने बताउनुभयो । स्थानीय निकायको निर्वाचनमा प्रमुख राणाले आफ्नो तलब, भत्ता सामाजिक सेवामा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस

Exit mobile version