Site icon Tukinetwork.com

प्रदेशको नाम र राजधानीको किचलो

मोरङ । प्रदेश १ को नाम र स्थायी राजधानीको बारेमा टुङ्ग्याउन बसेको एक नम्बर प्रदेश नेकपा संसदिय दलको बैठक अनिर्णित बनेपछि यो बिषय झन जटिल मोडमा पुगेको छ । सांसदहरुको बोल्ने क्रम सकिएपछि ५ जना मन्त्री सहित उपनेताले बोल्न बाँकी रहँदा अर्को दिन दलको बैठक बोलाएर यो बिषय टुङ्गोमा पुर्याईने भन्दै बैठक स्थगित गरियो ।

नेकपामा ५६ जना सांसदले आफ्नो धारणा राखेपछि बैठक स्थगित भयो । मुख्यमन्त्री शेरधन राईले कार्यपालिका र ब्यवस्थापिका विकेन्द्रीत गर्नेतर्फ संकेत गरिरहँदा बैठकमा सहभागी दुई जना बाहेकका सबै सांसदहरु बिकेन्द्रीकरणको बिपक्षमा देखिए । उनीहरुले राजधानी जहाँ तोकिन्छ त्यहीको भुगोलमा एकै ठाउँमा कार्यपालिका र ब्यवस्थापिका बनाउनु पर्ने सुझाएपनि मुख्यमन्त्री कार्यालय सहित मन्त्रालय बिराटनगरमा राख्ने र प्रदेश सभा ईटहरी लगायतका आसपासका क्षेत्रमा लैजाने गरी गृहकार्य गरिएपछि बिरोध भएको थियो ।

नेकपा संसदीय दलको बैठकमा पहिलो नम्बरमा सांसदले प्रदेशको नाम सगरमाथाको हुनुपर्नेमा जोड दिए ् । किराँत प्रदेश,किराँत–सगरमाथा वा सगरमाथा–किराँत प्रदेशको पक्षमा केही सांसद कोशी,लिम्बुवान किराँत प्रदेशको पक्षमा देखिएका छन् । तर यसरी सांसदहरुबाट आएको सुझावलाई आधार मान्ने हो भने सगरमाथा वा किराँत प्रदेश नै एक नम्बर प्रदेशको नाम हुने सम्भावना बढी छ तरपनि नाम र स्थायी राजधानी तोक्ने काममा भने ढिलाई भईरहेको छ ।

राजधानी बिराटनगरलाई बनाएर मन्त्रालय तथा संसद सभा भवन बिकेन्द्रीकरण गर्ने बिषय बाहिर आईरहेका बेला राजधानीको नाम ईटहरी, बिराटनगर, धरान र धनकुटाको पक्षमा सांसदहरु बिभाजित भएका छन । अझैसम्म अर्को बैठकको मिति भने तय भएको छैन भने पक्ष र बिपक्षमा एकै पार्टीका सांसदहरु रहेका कारण यो बिषय झन जटिल बनेको छ यो बिषय चाँडो भन्दा चाँडो टुंग्याऊनु जरुरी छ ।

Exit mobile version