५५ वर्षसम्म फरक राजनीतिक ‘स्कुलिङ’मा रहेका दुई ठूला कम्युनिस्ट घटकले चुनावी गठबन्धनदेखि पार्टी एकतासम्मको अवधि पूरा गरेको एक वर्ष बितेको छ। गत वर्ष १७ असोजमा नयाँ शक्ति पार्टीलाई समेत साथ लिएर तत्कालीन एमाले–माओवादीले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा चुनावी तालमेल र लगत्तै पार्टी एकता गर्ने औपचारिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
समझदारीविपरीत नयाँ शक्ति गठबन्धनमा १० दिन पनि टिक्न सकेन। दुई घटकले भने गत जेठ ३ मा पार्टी एकता गरे। केन्द्रमा एकता भएको १ सय ३९ दिन पुगे पनि अझै ७ प्रदेश, २२ जनसंगठन, एक सम्पर्क समन्वय कमिटी, एक प्रवास कमिटी र मातहत कमिटीको अझै एकता हुन सकेको छैन। केन्द्रदेखि स्थानीय तहसम्म एकता प्रक्रिया अझै संस्थागत हुन सकेको छैन ।

