Site icon Tukinetwork.com

आफन्तबाटै लुटिएको शहर कुन हो ?त्यसैको उत्तरमा राजधानी लेख्दैछु:देबकी लामिघाते

काठमाडौं ।

गजल

दिन रात बिक्री हुने जवानी लेख्दैछु ।
बन्द कोठा भित्रको कहानी लेख्दैछु ।।

मसंगै रात बिताएर ऊ मर्द कहलियो ।
म भने उपनाम वेश्यारानी लेख्दछु ।।

बाच्नै पर्ने बाध्यताभित्र जेलिएर मैले ।
मरितुल्य जीवनको निशानी लेख्दैछु ।

आफन्तबाटै लुटिएको शहर कुन हो ?
त्यसैको उत्तरमा राजधानी लेख्दैछु ।।

गल्ती भए माफहोस् है न्यायाधीश ।
यो निवेदन जानी नजानी लेख्दैछु ।।

देबकी लामिघाते
बलेफी गापा,सिन्धुपाल्चोक

Exit mobile version