Site icon Tukinetwork.com

बलात्कारको घटना बढ्दै गएकामा चिन्ता व्यक्त,पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन आग्रह

k|ltlglw;efsf] a}7s k|ltlglw;efsf] z'qmaf/ a;]sf] a}7sdf ;xefuL ;f+;b . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँ । तिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी १६ विधेयक लागू भएकामा खुशी व्यक्त गर्दै विधेयकको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन ।

आजको बैठकको शून्य समयमा उनीहरुले संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गर्दा यसको प्रभावकारी कार्यान्वयनमा सरकार र सदनलाई गम्भीर बन्न आग्रहसमेत गरेका थिए।

सांसदले बझाङ जिल्लाका सेतीपारिका गाउँपालिकामा यातायात सम्बन्धबिच्छेद भएको र बालिका एवं महिला हिंसा, बलात्कारको घटना बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिटो गर्न, सामुदायिक विद्यालयका कर्मचारीका माग सम्बोधन गर्न र कर्णाली प्रदेशमा जल तथा मौसम विभागको कार्यालय सञ्चालन गर्न माग गरेका छन

आफ्नो धारणा राख्नेमा अञ्जना बिसङ्खे, आशाकुमारी विक, इन्दुकुमारी शर्मा, उमा रेग्मी, कलिला खातुन, खगराज अधिकारी, गणेश पहाडी, गोपालबहादुर बम, गङ्गा चौधरी, घनश्याम खतिवडा, झपटबहादुर रावललगायत रहेका थिए ।

Exit mobile version