Site icon Tukinetwork.com

८६ हजार ७२० र ९ वटा तासको थानसमेत १७ जनालाई जुवाखालबाटै पक्राऊ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर र सूर्यविनायकको जुवाखालबाट १७ जनालाई जुवाखालबाटै पक्राऊ गरेको छ ।

प्रहरी परिसर भक्तपुरले शनिबार यसबारे जानकारी दिँदै भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै निर्माणाधीन एकतले भवनको भुर्इँतलामा जुवा तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राऊ गरेको बताएको छ ।

पक्राऊ पर्नेमा काभ्रे बनेपा नगरपालिका–१ का ५७ वर्षीय अर्जुन दुवाल, काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–३ का ३५ वर्षीय चित्रबहादुर तामाङ, भक्तपुर चाँगुनारायण नगरपालिका–९ ताथलीका ६० वर्षीय हरिबहादुर थापा, सोही ठाउँका ४१ वर्षीय रवीन्द्र शाखकर्मी ४१, वर्षीय केदार शाखकर्मी, चानपा–८ सुडालका ५५ वर्षीय बलदेव घोरासैनी रहेका छन् ।

प्रहरीले जुवाखालबाट नगद रु ८६ हजार ७२० र ९ वटा तासको थानसमेत बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

त्यसैगरी प्रहरीले सूर्यविनायक नगरपालिका–८ स्थित एक घरमा जुवातास खेलिरहेका अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा घरबेटी भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ४५ वर्षीय विष्णु स्वानेपा, काभ्रे रोसी–९ बस्ने ४५ वर्षीय भोज तामाङ, सोही ठाउँका २३ वर्षीय निशान लामा, ३७ वर्षीय सूर्य लामा, ३३ वर्षीय ईन्द्र लामा, २६ वर्षीय आक्रोश तामाङ, काभ्रे नमोबुद्ध–९ बस्ने ३४ वर्षीय अमृत लामा, रामेछाप सुनपानी–४ बस्ने ३० वर्षीय नरभान तामाङ, काभ्रे मङ्गलटार–९ बस्ने ३९ वर्षीय अनिश लामा, काभ्रे तिमाल–७ बस्ने २७ वर्षीय योगेन्द्र लामा, सूर्यविनायक–८ बस्ने ३३ वर्षीय विशाल तामाङ रहेका छन् ।

जुवाखालबाट नगद रु ८४ हजार ९२५ सहित २१ थान तास बरामद गरेको पोखरेलले जानकारी बताए । रासस

Exit mobile version