Site icon Tukinetwork.com

‘सर सर हावा भन्छ कता हो’ चलचित्र ‘मालिका’ को दोस्रो गीत सार्वजनिक

काठमाडौँ, ४ भदौ । नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय नायिका तथा सामाजिक अचियान्ता रेखा थापा निमार्ता रहेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘मालिका’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।
‘सर सर हावा भन्छ कता हो’ बोलको बुढासुब्बाको आधिकारीक युटुव च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा कमला वलीलाई देख्न सकिन्छ । जाजरकोटकी कमलालाई रेखाले मालिकामा डेब्यु गराएकी हुन ।

रेखा फिल्मसको ब्यानरमा बनेको यो चलचित्रमा नायिका रेखाको मुख्य भुमिका रहेको छ । नर बहादुर कार्की र सरस्वती थापाको निर्माणमा तयार पारीएको यो गीतमा सुरेश अधिकारीले शब्द तथा संगीत भरेका छन ।

आस्ता रावतको स्वरमा रहेको ‘सर सर हावा भन्छ कता हो’ बोलको गितमा बनिस शाह र मिलन श्रेष्टले सम्पादन गरेका छन । स्वयमः रेखा थापाको निर्देशनमा तयार पारिएको चलचित्र ‘मालिका’ नेपालीहरुको महान चाड तिहारको मौका पारेर कार्तिक २१ गते लक्ष्मी पुजाको दिनमा प्रर्दशनमा आउने जनाईएको छ ।

Exit mobile version