Site icon Tukinetwork.com

डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन,अहिलेसम्मकै न्यून विन्दुमा पुग्दा व्यापार घाटा अझै बढ्ने डरलाग्दो अवस्था

काठमाडां, ३० साउन । अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन भई मङ्गलवार अहिलेसम्मकै न्यून विन्दुमा पुग्दा व्यापार घाटा अझै बढ्ने डरलाग्दो अवस्था रहेको अर्थविद्हरूले चेतावनी दिएका छन्।
देशमा भित्रने विप्रेषण, वैदेशिक लगानी, निर्यात र पर्यटनमार्फत् नेपाली अर्थतन्त्रलाई फाइदा पुर्‍याउने सम्भावना रहे पनि ठूलो मात्रामा डलरमा हुने आयातले अर्थतन्त्रका लागि जोखिम उत्तिकै रहने उनीहरूको चिन्ता छ।

नेपाल राष्ट्र ब्याङ्कका अनुसार म‌ङ्गलवार एक अमेरिकी डलर बराबर ११२ दशमलव २० रुपैयाँमा झरेको छ । टर्कीको मुद्रा लिराको गिरावटका कारण उत्पन्न त्रासले भारतसहितका उदाउँदा अर्थतन्त्रका मुद्रामा परेको असरले नेपाली रुपैयाँमा पनि प्रभाव परेको बताइएको छ । बीबीसी

Exit mobile version