Site icon Tukinetwork.com

कर लाग्ने बस्तुको सूचीमा अब खसीबोका र राँगाभैंसीसमेत

काठमाडौं २९ साउन । कर लाग्ने बस्तुको सूचीमा अब खसीबोका र राँगाभैंसीसमेत थपिएका छन् । स्थानीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् । गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासी कर लिन थालेको छ ।

दूध नदिने र बूढा भइसकेका भैंसी संकलन गरी बिक्री गर्ने कारबारमा लागेकाले स्थानीयले पनि गाउँपालिकाहरुले लिने प्रतिभैंसी ५ सय रुपैयाँ किसानबाटै असुल्न थालेका छन् ।

‘हामीबाट खरिद गर्ने व्यवसायीले कर तिर्दैनन् तर हामीले तिर्नु परेको छ,’ बैतडी, सिद्धपुरका गणेश धामीले भने, ‘स्थानीय सरकारको करको मारमा आखिरमा किसान नै पर्ने गरेका छन् ।’ –कान्तिपुर दैनिबाट

Exit mobile version