Site icon Tukinetwork.com

काँगे्रस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न ३ बजे बस्ने बैठकमा विद्यमान राजनीतिक विषय र पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको विधान संशोधनका लागि मस्यौदा समिति गठन, पार्टीको आन्तरिक संगठन परिचालन, संसदीय सुनुवाइ समितिको निर्णय, केही दिन अघि काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न समय नपाउँदा प्रतिनिधिसभा बैठक बहिष्कारजस्ता विषयमा छलफल हुने बताइएको छ ।

Exit mobile version