Site icon Tukinetwork.com

बेपत्ता भएका गंगामायाका छोरा नुरप्रसाद भेटिए, आमालाई बुझाउने यस्ताे तयारी

तत्कालीन माओवादीबाट हत्या गरिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका दाजु नुरप्रसाद अधिकारीलाई प्रहरीले सम्पर्कमा ल्याएको छ। ४ वर्षदेखि परिवारको सम्पर्कमा नरहेका नुरप्रसादलाई आमा गंगामायाको आग्रहमा महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले खोजी गरी आइतबार सम्पर्कमा ल्याएको हो। हालै मात्र अनसन तोड्ने क्रममा अधिकारीले मानवअधिकार आयोगसमक्ष आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेकी थिइन् ।

त्यसअनुसार अपराध महाशाखाको टोलीले नुरप्रसादलाई आइतबार मध्याहृन सानेपाबाट नियन्त्रणमा लिएको हो । कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नन्दप्रसाद र गंगामाया अनसन बसेपछि नुरप्रसाद वेपत्ता भएका थिए । अनसनकै क्रममा नन्दप्रसादको निधन भयो । तर, उनी आमाको सम्पर्कमा थिएनन् ।

Exit mobile version