Site icon Tukinetwork.com

अति विपन्न १०० परिवारलाई सुकुमायाले झुल तथा छाता वितरण

साउन, १५ सर्लाही । सुकुमाया फाउन्डेसनले जिल्लाको हरिवन नगरपालिका वडा नम्बर २ मा रहेको अति विपन्न १०० परिवारलाई झुल तथा छाता वितरण गरेको छ ।

तराइ क्षेत्रमा गर्मीको चाप बढेसँगै स्थानीयहरूलाई लु लाग्ने, लामखुट्टेको विगविगी बढ्ने र यसबाट विभिन्न प्राणघातक रोग समेत लागेर धेरैको मृत्युसमेत हुने भएकोले फाउन्डेसनले झुल तथा छाता वितरण गरेको हो ।

फाउन्डेसनकी अध्यक्ष तथा नायिका सुकुमाया मोक्तानको अध्यक्षतामा सम्पन्न झुल तथा छाता वितरण कार्यक्रमको प्रमुख आतिथ्यता वडाध्यक्ष अर्जुन महतोले गर्नु भएको थियो भने विशेष अतिथि वाइबा समाज नेपालका अध्यक्ष बिगेन्द्र सिङ वाइबा रहेका थिए ।

लामखुट्टेका कारण सयौं मानिस औंलो, हात्तिपाइले आदि जस्ता रोगबाट प्रभावित हुने र डेंगु, कालाजार जस्ता प्राणघातक रोगबाट मृत्यु समेत हुने हुनाले यसको रोकथामका लागि अति विपन्न १०० परिवारलाई झुल तथा छाता वितरण गरिएको सुकुमाया फाउन्डेसनकी अध्यक्ष सुकुमाया मोक्तानले धादिङन्युजलाई बताए ।

सुकुमाया फाउन्डेसनले “मिसन ताइस्या” मार्फत अति विपन्न माइली स्याङ्तानलाई केहि जग्गा खरीद र घर समेत बनाइदिसकेको छ । दोश्रो मिसन अनुरुप ताइस्याकी छोरी वर्ष १० कि माया तामाङ र सोहि वडाकी अर्की १२ वर्षकी प्रमिशा माझीको पालनपोषण तथा पठनपाठनको समेत जिम्मा लिएको छ । यथाशिघ्र उनीहरुलाई विद्यालय भर्ना गराउने अध्यक्ष मोक्तानले बताईन ।

माया घिसिङ र प्रमिशा माझी सुकुमाया मोक्तानको साथमा हर्षित मुद्रामा यस क्षेत्रका अधिकतम मानिसहरु कृषि पेशामा आश्रित छन् भने आयश्रोत अत्यन्तै न्युन रहेको छ ।

Exit mobile version