Site icon Tukinetwork.com

अर्ध सैनिक सशस्त्र प्रहरीभित्र नयाँ संरचना लागू

काठमाडौं, ११ साउन । अर्ध सैनिक प्रकृतिको सशस्त्र प्रहरी नयाँ संरचना बिहीबारबाट लागू भएको छ । उक्त संरचना साउन १ गतेदेखि लागू हुने गरी सरकारले स्वीकृत गरेको भएपनि केही प्राबिधिक समस्याका कारण बिहीबारबाट लागू भएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

सशस्त्र प्रहरी बलले सबै मातहतका निकायलाई नयां संरचना अनुरुपको काम गर्न पत्राचार गरेको छ । सशस्त्र प्रहरी बल नयाँ संरचनामा गएपछि केन्द्र सरकार र प्रदेश सरकारबीचको पुलको काम गर्नुका साथै ७७ जिल्लामा आफ्नो उपस्थितीलाई मजवुत बनाएको छ ।

यस अघि गैर सैनिक संरचनामा रहेका केही कार्यालयलाई समायोजन गरी चेनअफ कमाण्डलाई नयां संरचनाले मजवुत बनाएको छ । प्रदेश प्रहरी र संघीय प्रहरीबीच कानुन कार्यान्वयनमा मतभेद भयो भने पनि सशस्त्र प्रहरी बलले पुलको काम गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेले जानकारी दिए ।

उनले भने, ‘हिजो राज्यको पहिलो सुरक्षा निकायको रुपमा नेपाल प्रहरी रहेको थियो अव नेपाल प्रहरीको संरचनामा फेरबदल आउने भएपछि सशस्त्र प्रहरी बलले केन्द्र सरकारको उपस्थितीको रुपमा सशस्त्र प्रहरी बल अव ७७ जिल्लामा नै रहनेछ ।’

बिगतमा एउटै जिल्लामा बिभिन्न नाममा ५ वटा सम्म कार्यालय रहेको कारण काम कारवाहीमा समेत असहजता आएकाले अव भने जिल्लामा एउटै मात्र मुख्य कार्यालय रहने र त्यही कार्यालयले नै जिल्लाको शान्ति शुरक्षा कायम राख्न समन्वय गर्ने उनले जानकारी दिए ।

Exit mobile version