Site icon Tukinetwork.com

सरकारको निरंकुशताविरुद्ध लड्न महामन्त्री कोइरालाको आह्वान

lakL :d[tL lbj; g]kfnL sfFu|];sf dxfdGqL 8f zzf+s sf]O/fnf a'waf/ sf7df8f}Fdf lakL :d[tL lbj;sf cj;/df k|]; o'lgogn] cfof]hgf u/]sf] sfo{qmddf dGtJo JoQm ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको निरंकुशताविरुद्ध एकजुट भएर अघि बढ्न आफ्ना नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।

बुधबार आयोजित वीपी स्मृति दिवसको एक कार्यक्रममा बोल्दै उनले सरकारको निरंकुशताविरुद्ध जुध्न पार्टीका सबै नेता तथा कार्यकर्तालाई एकजुट भएर अघि बढ्न पनि आहृवान गरेका हुन् ।

सरकारले पञ्चायतकालीन शैलीमा तरुण दलका नेता, कार्यकर्तामाथि केही दिनअघि आक्रमण गरेको स्मरण गर्दै उनले आक्रोश व्यक्त गरे ।

महामन्त्री कोइरालाले सरकारविरुद्ध नडराई लेख्न पनि पार्टी निकटका पत्रकारहरुलाई आग्रह गरेका छन् ।

त्यस्तै, उपसभापति विमलेन्द्र निधिले सरकारले दुई तिहाइ दम्भका साथ अधिनायकवादी चरित्र देखाइरहेको आरोप लगाउँदै त्यसविरुद्ध लड्न पार्टीका सबै जनवर्गीय संगठनहरुलाई आग्रह गरे ।

उनले सरकार संविधानको आधारभूत मूल्य, मान्यता विपरीतका गतिविधिमा संलग्न रहेको आरोप समेत लगाए ।

Exit mobile version