Site icon Tukinetwork.com

तामाङ चलचित्र ‘घ्रान’को पहिलो प्रिमियर ‘शो’ सम्पन्न

काठमाडौं, ८ साउन । मोक्तान फिल्मस्को ब्यानरमा निर्मित छैटौ तामाङ कथानक चलचित्र घ्रानको पहिलो प्रिमियर शो सम्पन्न भएको छ ।जनक गुरुङको निर्देशन, सागर घिसिङ, राम घिसिङ र शम्भु घिसिङको संयुक्त लगानीमा निर्मित तामाङ चलचित्र ‘घ्रान’ कसम शनिबार एक भव्य कार्यक्रमकाबीच राष्ट्रिय नाचघर जमलमा पहिलो प्रदर्शन गरिएको हो ।

चलचित्रमा नायिका सुकुमाया मोक्तानको अलावा सागर घिसिङ, सुष्मा मोक्तान, विकास स्याङ्तान, शम्भु घिसिङ, राम घिसिङ, पुशन लामा र सुष्मा थिङ लगायतको अभिनय रहेको छ ।

मोक्तान फिल्मस्की सञ्चालिका सुकुमाया मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा कानूनमन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यता, सभाषद यज्ञराज सुनुवार, सभासद शान्ति पाख्रिन, तामाङ चलचित्र संघका अध्यक्ष जेनिश दोङ, तामाङ कलाकार संघका अध्यक्ष संजीव वाइबा लगायतको आतिथ्यता रहेको थियो ।

चलचित्रले समाजमा हुने विभिन्न खाले अन्याय र अत्याचारको बिरुद्ध लड्नका लागि एक महिलाले गरेको संघर्षलाई उतारेको चलचित्रकी मुख्य नायिका सुकुमाया मोक्तानले बताईन । कार्यक्रमकाबीच बिभिन्न क्षेत्रमा अतुलनिय योगदान दिनुहुने तामाङ व्यक्तित्वहरुलाई समेत सम्मानित गरिएको थियो ।

Exit mobile version