साउन ८, काठमाण्डौ । बंगलादेशमा मेडिकल शिक्षा पढ्न गएकानेपाली चेलीहरुका बारेमा जथाभावी अभिव्यक्ति दिएपछि आलोचित भएका कानुनमन्त्री शेरबहादुर तामाङलाई सरकारबाट फिर्ता बोलाउने तयारी भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको हो । उनले आजै राजीनामा दिएको घोषणा गर्ने तयारी भइरहेको बताइएको छ ।

