Site icon Tukinetwork.com

डा. केसीलाई लिएर आएको सेनाको हेलिकप्टर टुँडिखेलमा अवतरण

काठमाडौं, ३ साउन । २० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीलाई लिएर आएको नेपाली सेनाको हेलिकप्टर काठमाडौंको टुँडिखेलमा अहिले भर्खरै अवतरण गरेको छ ।
स्वास्थ्य स्थिति बिग्रदै गएपछि डा. केसीलाई थप उपचारका लागि स्तरीय अस्पतालमा राख्ने भन्दै सरकारले बिहिबार नेपाली सेनाको हेलिकप्टर पठाएको थियो।

डाक्टर केसीलाई लिएर उडेको हेलिकप्टर काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा अवतरण गरेको छ । तर डाक्टर केसीलाई त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने छ ।

Exit mobile version