Site icon Tukinetwork.com

भारतले बनायाे नारायणी नदीमा एकतर्फी बाँध, नेपालतिर फुट्नथालेको छ !

नवलपरासीका गण्डकपीडितलाई राति निद्रा लाग्दैन। कति बेला डुबान हुने भन्ने पीर लाग्छ। स्थानीय कलावती मुसहर भन्छिन्।

‘भारतले आफूतिर ठूलो बाँध बनाएको छ, नेपालतिर फुट्नथालेको छ। कतिबेला नारायणीमा बाढी आउँछ, ठेगान छैन। ठूलो बाढी आएर नेपालतर्फको बाँध फुट्यो भने बर्बाद हुन्छ।’ मौसम पूर्वानुमान शाखाले यहाँका बासिन्दालाई सर्तक रहन भनेपछि यस क्षेत्रका बासिन्दा चिन्तित भएका छन्।

गण्डक नहरकै कारण नेपाली भूमि डुबानमा परेको र कटान भइरकेको बेला भारतले नारायणी नदीमा एकतर्फी बाँघ निर्माण गरेको छ।

नेपाली भूमि डुबान र कटानमा पार्ने गरि भारतले एकतफी बाँध बनाएको हो। सुस्ता गाँउपालिका–४ नसैहीसस्थित नारायणी नदी कोक्कर नं. १२ को पूर्वतर्फ नारायणी नदी भारतीय भूमिकमा हुने कटान रोख्न बाँध बनाएको स्थानीय श्याम थापाले बताए। शक्तिकुमार कम्पिनी पश्चिमी चम्पारण भारत बिहारले उक्त बाँध निर्माण गरेको हो। उसले भारतर्फको निर्माण कार्य सकेको छ।राजधानी दैनिकमा यो खबर रहेको छ

Exit mobile version