Site icon Tukinetwork.com

निर्धारित समयमा विजेताको टुंगो लागेन, अहिले अतिरिक्त मिनेटको खेल चल्दै

रूस – विश्वकप फुटबल अन्र्तगत प्रि क्वाटरफाइनलको तेस्रो खेलमा आयोजक राष्ट्र रूस र स्पेनले निर्धारित ९० मिनेटको खेलमा एक–एक गोलको बराबरी खेलेका छन्।
खेल बराबरीमा सकिएपछि अहिले अतिरिक्त २० मिनेटको समय थपिएको छ। पहिलो हाफमा दुवै टोलीले एक–एक गोल गरेपनि दोस्रो हाफमा भने गोल गर्न सकेनन्। समारा एरिना रंगशालामा जारी खेलमा आर्टेम ज्युबाले ४१ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि आयोजक राष्ट्र रूसले स्पेनलाई बराबरीमा रोकेको हो।
स्पेनका डिफेन्डर जेरार्ड पिकेले डि बक्समा हातले बल छोएपछि पाएको पेनाल्टीमा उनले गोल गरेका हुन्। त्यसअघि खेलको १२ औं मिनेटमा सर्गेइ इग्नासहिभिचले आत्मघाति गोल गरेपछि स्पेनले खेलमा अग्रता बनाएको थियो।
पहिलो खेलमा पोर्चुगलसँग ३–३ बराबरी खेलेको स्पेनले दोस्रो खेलमा इरानमाथि १–० को संघर्षपूर्ण जित हात पारेको थियो। समूहचरणको अन्तिम खेलमा इयागो आसपसले अन्तिम समयमा गरेको गोलमा मोरक्कोसँग २–२ को बराबरी खेल्दै स्पेनले समूह ‘बी’ को विजेताका रूपमा अन्तिम १६ प्रवेश गरेको थियो ।
यता समूह चरणको पहिलो खेलमा साउदी अरेबियामाथि ५–० को प्रभावशाली नतिजा निकालेको रूसले दोस्रो खेलमा इजिप्टमाथि ३–१ को सहज जितका साथ नकआउटमा स्थान पक्का गरेको थियो।
तेस्रो खेलमा भने समूहविजेताका लागि उरुग्वेविरुद्धको खेलमा भने रूस ३–० ले पराजित भएको थियो। सोभियत युगको अन्त्यपछि रूस समूहचरणबाट माथि उठेको यो पहिलो पटक हो।

Exit mobile version