Site icon Tukinetwork.com

अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा, एमबाप्पे बने नायक

रूस – संघर्षपूर्ण खेलमा अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दै फ्रान्स विश्वकप फुटबल २०१८ को क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।

रुसको कजान एरिना रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा किलियन एमबाप्पेले २ तथा एन्टोनियो ग्रिजम्यान र बेन्जामिन पाभर्डले १–१ गोल गरेपछि अर्जेन्टिनालाई फ्रान्सलाई स्तब्ध बनाएको हो।

अर्जेन्टिनाका लागि एन्जल डि मारिया, गाब्रियल मेरकाडो र सर्जियो अगुइरोले गोल गरेपछि टोलीलाई क्वाटरफाइनलमा लान सकेनन्। अर्जेन्टिना २०१४ को विश्वकपको फाइनलमा जर्मनीसँग १–० ले पराजित हुँदै उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो।

Exit mobile version