Site icon Tukinetwork.com

विश्वकप फुटबल : सर्वियालाई हराउँदै ब्राजिल अन्तिम १६ मा

रसिया, १४  असार। रसियामा जारी विश्वकप फुटबल समूह ’इ’को भर्खरै सम्पन्न खेलमा ब्राजिलले सर्वियालाई २ गोलले पराजीत गरेको छ।

एक खेलमा बराबरी र एकमा जीत निकालेको ब्राजिल आजको खेलमा जीत वा न्यूनतम बराबरीको लक्ष्यका साथ मैदान छिरेको थियो भने सर्विया अनिवार्य जित निकाल्नै पर्ने अवस्था मैदान छिरेको थियो।

खेलको अधिकाशं समय बललाई आफ्नो नियन्त्रणमा राखेको ब्राजिलले पहिलो गोल खेलको पहिलो हाफको ३६ औं मिनेटमा गरेको थियो। ब्राजिलका लागि सो गोल मिलफिल्डर पाहुलिनोले गरेका थिए।

उनले कान्टिनोबाट प्राप्त पासलाई सफ्ट टच गरेर सर्वियाका गोल रक्षकलाई नघाउँदै बललाई जाली चुमाएका थिए। पहिलो हाफमा १-० ले अगाडी रहेको ब्राजिलले आफ्नो अग्रतालाई दोश्रो हाफमा दोब्बर पार्‍यो। ब्राजिलका लागि दोश्रो गोल खेलको ६८ औं मिनेटमा थियागो सिल्भाले गरेका हुन्।

आजको खेलमा सर्वियाले केहि राम्रो अवसरहरूलाई गोलमा परिणत गर्न चुक्यो। यस्तै ब्राजिलका स्टार खेलाडी नेयमारले पनि केहि राम्रा अवसरहरूलाई गोलमा परिणत गर्न सकेनन्। एजेन्सीको सहयोगमा

Exit mobile version