Site icon Tukinetwork.com

क्यान्सरबाट हुने अपाङगता रोक्न अन्तरक्रिया

काठमाडौं, १२ असार । नेपालमा क्यान्सरबाट हुने अपांगता दिन प्रतिदिन बढ्दै गएको एक तथ्याङकले देखाएको छ । क्यान्सर सोसाईटी नेपालले अल्फाविटा हलमा गत शनिवार आयोजना गरेको अन्तरक्रियामा विज्ञहरुले उक्त कुरा बताएका हुन् ।

विभिन्न सरोकारवाला निकाय, स्थानीय जन प्रतिनिधी र क्यान्सर रोगले पिडीतहरु र अपांगता भएका ब्यक्तिहरुको वृहत उपस्थिती रहेको सो कार्यक्रममा क्यान्सर रोगसंग संलग्न ५ जना विषशेज्ञ  डाक्टरहरुले आफ्नो तर्फवाट विचार प्रस्तुत गर्नु भएको थियो ।

क्यान्सर रोगवाट हुने अपांगता रोकथामकोलागि आयोजना गरीएको अन्र्तक्रियामा प्रमुख अतिथि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.मदन कुमार पियाले अपांगता धेरै किसिमवाट हुने भए पनि क्यान्सरबाट हुने अपांगता जटिल हुने भए पनि बलैमा सचेत भएमा रोकथाम गर्न सकिने बताए ।

नीतिगतरुपमा धेरै व्यवस्था गरे पनि क्यान्सर र अपांगता क्षेत्रमा काम खासै हुन नसेको बताए । उनले भने,‘हामीले मेडीसिनबाट र अन्य तपाईहरुले जनचेतनावाट रोक थाममा लाग्नुपर्छ ।

उक्त कार्यक्रममा विपि कोईराला मेमोरीयल अस्पतालका अध्यक्ष डा.प्रकास न्यौपाने, स्वास्थ्य मन्त्रालयका प्रतिनिधी डा.रविन्द्र बास्कोटा , अपांग महासंघका उपाध्यक्ष टिका दाहाल, राष्ट्रिय अपांग कोषका सदस्य सचिव यमनाथ मैनाली लगायतले आ-आफ्नो धारणा राख्दै क्यान्सरबाट हुने अपांगता रोक्न सबैले पहल गर्नु पर्नेमा जोड दिएका थिए भने काठमाण्डौ महानगरको सहयोगमा संचलित सो कार्यक्रमको अध्यक्षता सोसाइटीका अध्यक्ष रामनाथ मैनालीले गरेका थिए ।


Exit mobile version