Site icon Tukinetwork.com

विश्वकप फुटबलमा आइतबार हुने तीन खेलहरूः

रूस – रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आइतबार (आज) ३ खेलहरू हुँदैछन्। समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह जी मा रहेका इङ्ल्याण्ड र पानामाबीच प्रतिस्पर्धा हुँदैछ।

खेल निज्नी नोभागोरोड रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ। आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गर्दा पानामा बेल्जियमसँग ३–० ले हारेको थियो। अघिल्लो चरण प्रवेश गर्न पानामालाई यो खेल जित्नैपर्ने दबाब छ।

आजै हुने दोस्रो खेलमा बेलुका ८ः४५ बजे समुह एचका जापान र सेनेगल भिड्नेछन्। यो खेल इकाटेरिनबर्ग एरिना रंगशालामा हुनेछ। जापानले पहिलो खेलमा कोलसिम्बयालाई २–१ र सेनेगलले पनि पोल्याण्डलाई २–१ ले नै पराजित गरेका थिए।

त्यस्तै निज्नी नोभगोरोड रंगशालामा हुने आजको अन्तिम खेलमा राती ११ः४५ मा पोल्याण्ड र कोलम्बिया आमने सामने हुनेछन्। अघिल्लो चरणको यात्रा तय गर्न दुवै टोलीलाई यो खेल जित्नैपर्ने दबाब छ।

Exit mobile version