काठमाडौं, ८ असार । ६ दिन राजकीय भ्रमणको लागि चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट नेपालमा तेल ल्याउनेबारे सहमति गर्न सकेनन् ।
त्यसको लागि यसअघि नै चीनसँग भएको पारवहन तथा यातायात सम्झौता कार्यान्वयन गर्न प्रोटोकलमा हस्ताक्षर हुनुपर्ने थियो । नेपाल सरकारले तयारीमा ध्यान नदिँदा ओलीले महत्वपूर्ण अवसर खेर फाले । रेल सम्झौता चर्चामा रहेपनि तेल सम्बन्धी सम्झौता भने अहिले गायब भएको छ ।
नाकाबन्दी ताका भारतीय एकाधिकार तोड्न भन्दै चीनबाट तेल ल्याउने उद्धघोष गरेका थिए । यसपटकको चीन भ्रमणमा ओलीले तेल ल्याउनेबारेपनि महत्व्पूर्ण सम्झौता गर्न सक्ने अनुमान गरिएको थियो । तर, ओलीले नेपाली जनतालाई निराश तुल्याए ।

