Site icon Tukinetwork.com

फ्रान्स विश्वकप फुटबलको अन्तिम १६ मा, पेरू प्रतियोगिताबाट बाहिरियो

रूस – विश्वकप फुटबल समूह सी को आफ्नो दोस्रो खेलमा पनि फ्रान्स विजयी भएको छ। इकाटेरिनबर्ग एरिना रंगशालामा बिहीबार सम्पन्न दोस्र्रो खेलमा फ्रान्सले पेरूलाई १–० को झिनो गोलअन्तरले पराजित गरेको छ।

जितसँगै फ्रान्स अन्तिम १६ मा प्रवेश गर्दा पेरू भने प्रतियोगिताबाट बाहिरिएको छ। पेरू आफ्नो पहिलो खेलमा डेनमार्कसँग पराजित भएको थियो। यता विजयी फ्रान्सले भने पहिलो खेलमा अष्ट्रेलियालाई पराजित गरेको थियो।

फ्रान्सलाई अघिल्लो चरणमा प्रवेश गराउन पहिलो हाफको ३४ औं मिनेटमा ओलिभर जिरुडको पासलाई सदुपयोग गर्दै बाप्पेले गोल गरेका थियो। एमबाप्पे फ्रान्सका तर्फबाट विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी समेत बनेका छन्। एमबाप्पे १९ वर्ष १ सय ८३ दिनका भएका छन्। बाप्पेले गरेको गोलनै फ्रान्सलाई अन्तिम १६ मा पुर्याउन पर्याप्त बन्यो।

खेलअवधिभर बलियो टोली फ्रान्सलाई दबाबमा राखेपनि पेरू फिनिसिङमा चुक्दा गोल गर्न असमर्थ रह्यो। पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पेरू एक खेल खेल्नुअघिनै प्रतियोगिताबाट बाहिरिएको छ। यता फ्रान्सले पनि पाएका केहि सुन्दर अवसर खेर फालेको थियो।

Exit mobile version