खेलकुद

रोनाल्डो बने युरोपकै सर्वाधिक गोलकर्ता

काठमाडौ – पोर्चुगलका क्रिस्टियानो रोनाल्डो युरोपका सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बनेका छन्।

बुधबार विश्वकप फुटबल अन्तर्गत मोरक्कोसँग भएको खेलमा एकगोल गरेपछि रोनाल्डो युरोपियन क्षेत्रबाट सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका हुन्। पोर्चुगलका कप्तान रोनाल्डोले यसअघि युरोप क्षेत्रबाट सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने हङ्गेरीका फेरेङ्क पुस्कासको रेकर्ड तोड्दै आफ्नो नाम लेखाएका हुन्। ३३ वर्षीय रोनाल्डोले यस अघि स्पेनसँगको खेलमा ह्याट्रिक गरेका थिए।

रोनाल्डो अब सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता इरानका अली देईलाई पछ्याइरहेका छन्। अलीले सन् १९९३ देखी २००६ सम्म गरी कुल १ सय ९ गोल गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *