Site icon Tukinetwork.com

नेपालमा लगानी बढाउन प्रधानमन्त्री ओलीको आग्रह

rLg e|d0fsf /xg' ePsf k|wfgdGqL s]kL zdf{ cf]nLn] a'waf/ a]Olhªdf Pl;ofnL k"jf{wf/ tyf nufgL a}+ssf cWoIf h]g lnSo"g;Fu e]6jftf{ ug'{x'Fb} . tl:j/ M xl/ nfld5fg], a]Olhª /f;;

बेइजिङ, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

बैंकको मुख्यालय बेइजिङमा बुधबार सो बैंकका अध्यक्ष जेन लिक्युनसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले जलस्रोत, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

नेपालमा राजनीतिक स्थिरता कायम भएको र स्थायी सरकार गठन भएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल सुगम गन्तव्य रहेको जानकारी दिनुभयो । उहाँले लगानीकर्तालाई नहच्किन पनि भन्नुभयो ।

प्रधानमन्त्री ओलीको आग्रहलाई सकारात्मक रुपमा लिँदै अध्यक्ष जेनले लगानीका प्राथमिकता निर्धारण गरी नेपालमा आउन आफूहरु तयार रहेको र केही परियोजनामा लगानीसमेत गरिसकेको बताउनुभएको थियो । –रासस

Exit mobile version