खेलकुद

यसरी रोनाल्डोको ह्याट्रिकसंगै स्पेन भर्सेस पोर्चुगल : 3/3 ले बराबारी

क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकसंगै पोर्चुगलले विश्वकपको आफ्नो पहिलो खेलमा पूर्व च्याम्पियन स्पेनसंग अंक बाढेको छ । समुह बी अन्र्तगतको कठिन खेलमा छिमेकी पोर्चुगलसंग पूर्व च्याम्पियन स्पेन अंक बाढ्न बाध्य भएको हो । खेल ३—२ गोलको अवस्थानमा रहेकावेला फ्रि किक मार्फत उत्कृष्ट गोल गर्दै रोनाल्डोले आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।
सोचीस्थित फिष्ट रङ्गशालामा सम्पन्न खेलमा दुइ पटक पछि परेको स्पनेले बराबरी नतिजा निकाल्न सफल भयो । खेलको चौथो मिनेटमा नै पोर्चुगलले पेनाल्टि पाएको थियो । रियल मड्रिडका टिम मेट नाचोले क्रिष्टियानो रोनाल्डोलाइ डि बक्समा लडाएपछि पाएको पेनाल्टिलाइ रोनाल्डोले नै सदुपयोग गरेका थिए ।
तर खेलको २४औं मिनेटमा स्पेन खेलमा फर्कियो । स्पेनका लागि कोष्टाले बराबरी गोल गरे । पहिलो हाफको ४४औं मिनेटमा स्पेनका गोलकिपर डेभिड द हेयको गम्भिर गल्तिको फाइदा उठाउदै रोनाल्डोले नै पोर्चुगलको अग्रता दोब्बर पारे ।

खेलको दोस्रो हाफमा पुन: कोष्टाको गोल मार्फत स्पेन खेलमा फर्कियो । दोस्रो पटक खेलमा पछि परेको स्पेनलाइ ५५औं मिनेटमा खेलमा फर्काउने क्रमामा कोष्टाले सर्जियो बुष्केष्टको पासको सदुपयोग गरेका थिए । खेलमा फर्किएको तीन मिनेटपछि नै स्पेनले तेस्रो गोल थप्यो । यसपटक उसका लागि नाचोले गोल गरे । झण्डै २२ यार्ड टाढाबाट नाचोले गरेको प्रहार गोलमा परिणत भएको थियो ।
खेलमा स्पेन जिततर्फ लम्केका वेला रोनाल्डोले ८८औं मिनेटमा सुन्दर फ्रिकिक मार्फत गोल गर्दै पोर्चुगललाइ एक अंक दिलाए । विश्वकपको पहिलो खेलमै ह्याट्रिक गर्ने रोनाल्डो पोचुैगलका लागि पहिलो खेलाडी बनेका छन् ।

जितसंगैसमुह बी दुबै टोलीले एक एक अंक बांढेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *