Site icon Tukinetwork.com

बालकले ठूलो स्वरमा रोनाल्डो…रोनाल्डो भनी चिच्याउँदा गेटभित्र जानै लागेका रोनाल्डो अड्किए ।

पोर्चुगल राष्ट्रिय फुटबल टोली रसिया विश्वकपमा सहभागिता जनाउन लिस्बन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थियो ।

स्टार खेलाडीलाई विश्वकपको शुभकामना दिन विमानस्थलमा समर्थकको लर्को नै थियो । खेलाडीहरू सबै विमानस्थलभित्र प्रवेश गर्ने तयारीमा थिए । समर्थकबीच चार वर्षको फुच्चे कप्तान क्रिस्टियानो रोनाल्डोलाई बधाई दिन अग्रसर भए । सुरक्षाकर्मीले ती बालकलाई रोक्न कोसिस नगरेका होइनन्  ।

बालकले ठूलो स्वरमा रोनाल्डो…रोनाल्डो भनी चिच्याउँदा गेटभित्र जानै लागेका रोनाल्डो अड्किए । उनले पछाडि फर्केर हेर्दा बालक दुई हात फैलाउँदै आफूतिर ‘हग’ गर्न आइरहेका थिए ।

बालकको मोह र समर्थकको सम्मान गर्दै रोनाल्डोले उनलाई अंगालो हाले । रोनाल्डोले केही मिनेट ती बालकसँग हल्का कुराकानी गर्दै बिदा हुन खोजे ।

तर, बालक रोनाल्डोलाई छाड्ने मनस्थितिमा थिएनन् । भित्रै जाँदै गरेका रोनाल्डोको ब्याग तानी पुनः बालकले अवरोध सिर्जना गरे । त्यसपछि सुरक्षाकर्मीले बालकलाई उनकी आमासँग पुर्‍यापछि मात्र रोनाल्डो मुख्य गेटबाट भित्र प्रवेश गर्न पाए ।

Exit mobile version