खेलकुद

म्याच फिक्सिङका आरोपित ५ खेलाडीलाई विशेष अदालतको सफाई

काठमाडौं – म्याच फिक्सिङको आरोप लागेका राष्ट्रिय फुटबल टोलीका लत्कालीन कप्तान सागर थापासहित ५ जनालाई बिहीबार विशेष अदालतले सफाइ दिएको छ।

अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले सागर सहित सन्दीप राई, रितेश थापा, अञ्जन केसी, बिकाशसिंह क्षेत्री र टिम फिजियो डेजिव थापालाइ सफाइ दिएकाे हाे।

२०७२ साल असोज २७ गते म्याच फिक्सिङको आरोपमा सागरसहित अन्य खेलाडी पक्राउ परेका थिए। उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएपनि कात्तिक २४ मा सबै धरौटी बुझाएर छुटेका थिए। अञ्जन र रितेशले ५ लाख, सागरले १ लाख ५० हजार र अन्य खेलाडीले ५० हजार धरौटी तिरेका थिए।

नेपालले २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा फिक्सिङ गरेको भन्दै पक्राउ परेका उनीहरूले प्रहरी समक्ष आरोप स्विकार गरेपनि अदालतको बयानका क्रममा भने आफुमाथि लागेको आरोप अस्विकार गरेका थिए। फिक्सिङको आरोपमा मुछिएसँगै विश्व फुटबल महासंघले उनीहरूमाथि आजिवन प्रतिबन्ध लगाएको थियो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *