Site icon Tukinetwork.com

सुन तस्करीका अभियुक्त छिरिङ कारागार चलान

विराटनगर, २० जेठ । सुन तस्करीका अभियुक्त ‘डा डेविट’ भनिने छिरिङ वाङगेल घले आइतबार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलाशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो । उनीसँग आइतबार १० पानाको बयान लिएपछि थुनछेकको वहस भएको थियो ।

अठतीस क्विन्टल सुन तस्करी, सनम शाक्यको हत्या र अपराधिक सङ्गठन सञ्चालन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मोरङले गत वैशाख १९ गते ६३ जनामाथि मुद्दा दर्ता गरेपछि उनी फरारका सूचीमा थिए । घले आइतबार नै जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका हुन् । –रासस

Exit mobile version