Site icon Tukinetwork.com

फेरि नेपाल आउने भए नरेन्द्र मोदी

k|wfgdGqL df]bL hgsk'/ ljdfg:yndf ef/tLo k|wfgdGqL g/]Gb| df]bL Pc/ OlG8ofsf] ljz]if ljdfgaf6 ef/tsf] k6gf x'Fb} z'qmaf/ laxfg hgsk'/ ljdfg:yndf cfOk'Ug'x'Fb} . tl:a/ M chos'df/ ;fx, dx]G›gu/-wg'iff_, /f;;

काठमाडौँ, २० जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् ।

विमस्टेकको शिखर सम्मेलनमा भाग लिन मोदी नेपाल आउने भएका हुन् । मन्त्रिपरिषदको आइतबारको निर्णयपछि आगामी भदौमा मोदीलाई नेपाल आउने बाटो खुलेको हो ।

आगामी भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ । मन्त्रिपरिषद बैठकले आगामी भदौ १४ र १५ गते अथवा २१ र २२ गते गर्ने प्रस्ताव सदस्य राष्ट्रहरुसँग गर्ने निर्णय गरेको छ।

नरेन्द्र मोदीका साथै म्यान्मारकी नेतृ आङ सान सूची लगायतका एसियाली नेताहरु भदौमा काठमाडौँमा भेला हुने भएका छन् । बिमिस्टेकको नेपाल अध्यक्ष छ । यो क्षेत्रीय संगठनको सदस्यमा बंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड, भूटान र नेपाल सदस्य राष्ट्रको रुपमा छन्।

Exit mobile version