तुलसी प्राय हाम्रो आँगनमा रोपिने बिरुवा हो । हिन्दु धर्म अनुसार यसलाई बिष्णुको अवतार मानिएर पूजा गर्ने गरिन्छ । पूजा गर्नु बाहेक तुलसीको महत्व हाम्रो जीवनमा धेरै हुने गर्छ । किनभने यसले हामीलाई धेरै प्रकारका रोगहरुबाट बचाउन मद्धत गर्छ । हरेक दिन तुलसी खानाले कुनै पनि प्रकारको रोग लाग्दैन भन्ने कुरा विभिन्न अध्ययनले देखाएको छ ।
तुलसीले हामीलाई पुर्याउने फाइदाहरु यस प्रकार छन् :
१) तुलसीको पातलाई पानीमा पकाएर काँढा पिउँदा ज्वरो कम हुन्छ ।
२) तुलसीले रगतमा यूरिक एसिडको स्तर घटाएर मिर्गाैलालाई स्वस्थ राख्छ ।
३) तुलसीले रक्तचाप, कोलेस्ट्रोल नियन्त्रणमा राखेर मुटुलाई पनि स्वस्थ राख्छ ।
४) तुलसीको दलको माला बनाएर लगाउँदा तनाव कम हुन्छ ।
५) तुलसीमा हुने थाईमोलले छालासम्बधी समस्या समाधान हुन्छ । यसले रगत सफा गरेर अनुहारमा कान्ति ल्याउँछ ।
६) दिनदिनै तुलसीको चार पाँच वटा पात चपाउँदा माइग्रेन सम्बन्धी समस्या कम हुन्छ ।
७) तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुनाले प्यानक्रियाटिक बिटा सेल्सलाई सक्रिय बनाउँछ । इन्सुलिन सेन्सिटिभिटी बढाउँछ । ब्लडमा सुगर कम गर्दै मधुमेह पनि नियन्त्रण गर्छ ।

