काठमाडौं, २१ चैत । नेपालका एकमात्रै खर्बपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीको नाम प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको सूचीबाट कटौती भएको छ ।
प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्दै छन् । तीन दिने राजकीय भारत भ्रमणमा भारतले ओलीको विशेष सम्मान गर्ने तयारी गरेको स्रोतको भनाइ छ ।
प्रधानमन्त्री ओलीको टोली कम्तिमा पनि ५० जनासम्म हुनेछन् । प्रधानमन्त्रीबाहेक तीनजना मन्त्री, नौ जना सांसद, मुख्यसचिव, परराष्ट्र सचिव, सचिव, सञ्चारमाध्यमका प्रतिनिधि, प्रधानमन्त्रीका सुरक्षाकर्मी, उद्योगी व्यवसायीहरूलगायत झण्डै ५० जनासम्म हुने उच्च स्रोतको भनाइ छ ।
टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार, राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार पनि हुनेछन् । यसअघि प्रधानमन्त्रीको भ्रमण टोलीमा बढीमा २५ जना हुने भनिएको थियो ।
भारत भ्रमणमा आफू पनि सहभागी हुने भन्दै उद्योगी एवम् सांसद चौधरीले प्रधानमन्त्री ओलीसँग आग्रह गरेको स्रोतको दाबी छ । यसपटक प्रधानमन्त्री ओलीले चौधरीलाई भ्रमण टोलीमा सहभागी नगराउने तयारी गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघबाट प्रतिनिधिहरू समेट्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री ओलीले उद्योगी चौधरीलाई सहभागी गराउँदा भ्रमण नै असफल हुनेसक्ने आशंका गरेको स्रोतले उल्लेख गरेको

