Site icon Tukinetwork.com

मदनकृष्ण श्रेष्ठकी जीवन संगिनी यशोदा सुवेदीको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी जीवन संगिनी यशोदा सुवेदीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

मंगलबार उहाँले ट्वीटमार्फत शोकसन्देश जारी गर्दै सुवेदीको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । “कलाकार मदनकृष्णको सफल कलायात्रा र समाजसेवाकी अनन्य सहयोगी स्व सुवेदीप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु”, उहाँले भन्नुभएको छ, ‘‘शोकमा पर्नुभएका मदनकृष्ण र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

K P Sharma Oli@kpsharmaoli

विख्यात कलाकार मदनकृष्ण श्रेष्ठकी जीवन संगिनी यशोदा सुवेदीको निधनले मलाई दुःखी बनाएको छ ।कलाकार मदनकृष्णको सफल कलायात्रा र समाजसेवाकी अनन्य सहयोगी स्वर्गीय सुवेदीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।शोकमा पर्नु भएका मदनकृष्ण श्रेष्ठ र परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु ।

सतसठ्ठी वर्षीया सुवेदीको सोमबार राति निधन भएको थियो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । –रासस

Exit mobile version