Site icon Tukinetwork.com

भुवन केसीका कारण हिरासत परेका रहेछन् ‘कृ’ निर्माता गिरी

काठमाडौं, १८ चैत । ‘कृ’ निर्माता तथा अभिनेता भुवक केसीको सुझावका कारण अर्का निर्माता सुवास गिरीले प्रहरी हिरासतमा एक रात बस्नुका साथै ११ लाख गुमाउनु परेको खुलेको छ ।

पुत्र अनमोल केसी अभिनित फिल्ममा समावेश गरिएको गीत ‘उकालीमा अघि अघि’ चोरीएको भनी चलचित्र निर्माता तथा निर्देशक शम्भु प्रधानको उजुरी दिएपछि गिरीले एक रात हिरासतमा विताएर ११ लाख क्षतिपूर्ति दिने सहमतिपत्रमा हस्ताक्षर गर्नुपरेको थियो । सम्झना फिल्मको गीतलाई ‘कृ’मा समावेश गर्न खोजिएको थियो ।

यस्तो थियो घटनाक्रम
‘कृ’को संगितको जिम्मा पाएका थिए अल्मोडा राना उप्रेतीले । छक्का पञ्जा २ मा गीत चोरेको अभियोग खेपेका अल्मोडाले ‘कृ’को यो गीतमा गल्ती दोहोर्याएका थिएनन् । उनले ‘ढुकढुकी’ बोलको गीत निर्माता मध्येका अनमोलका पिता भुवनलाई पनि सुनाए । तर, भुवनले अल्मोडालाई गीतमा केही मिठास ल्याउनका लागि पुरानो गीत हाल्न सुझाव दिए ।

अल्मोडालो यहि राम्रो भनेपछि भुवनले एउटा गीतका शव्द तोडमोड गरेर राखौं भने । आफैं अभिनित सम्झना फिल्मको ‘उकालीमा अघि अघि’ भन्ने राख्न सुझाव दिए । आफैंले अभिनय गरेको फिल्मको गीत भएकाले कुनै पनि समस्या नआउने भुवनले बताएका थिए ।

तर, यहि गीतका कारणले निर्माता गिरीले हिरासतको बास सहनु परेको थियो भने ११ लाख तिर्नुपर्यो । त्यतिमात्र होइन, युट्युबबाट पनि गीत हटाउन बाध्य भए । भुवनले यस घटनाको प्रतिवाद त गरे । तर, उनको एक गल्तीका कारण साथीले हिरासतमै रात काट्नुपर्ने त्यसबेला सोचेनन् ।

‘कृ’को यो गीत अहिले युट्युवबाट हटिसकेको छ । त्यसको ठाउँमा अलमोडाले सुरूमा संगीत गरेकै गीत राखिएको छ । गीतमा अल्मोडा राना उप्रेतीको शब्द, स्वर र संगीत छ । सविन एकतारेले उनलाई शब्दमा साथ दिएका छन् ।

परिवर्तन गरिएको गीत यस्तो छ ।

Exit mobile version